‘बाल अधिकार’

वर्षमा एक दिन नारा लाउने
बाल अधिकारको गीत गाउने
सरकारी अनि गैर सरकारी
संस्थाका कहलिएका ठुलाठालु
आफ्नै घरमा भाडा मोल्न
गाउ बस्तीबाट झिकाएर
विभिन्न प्रलोवन देखाएर
सत्य तथ्य लुकाएर
बालबालिकालाई आफ्नो महलमा
दास बनाएर भर्ति गर्दछन् !

दिनभरी बाल अधिकार भन्दै
सडक बालबालिका गन्दै
बाल श्रमिक यति भन्दै
गल्लि गल्लि, चोक चोक
होटेल होटेल र इट्टाभट्टा
पुरै चाहार्ने ति बुद्धिजीवीहरु
बाल अधिकारका रचयिताहरु
पाँचतारेमा भोका बालकका कुरा गरी
मध्यरातमा आफ्ना महल छिर्दछन्
र ति थाकेका पाउमा तेल
आफैले दास बनाएका बालबालिकाका
नरम हातहरुबाट दलाउने गर्दछन्
कलम बोक्ने हातहरुबाट दलाउने गर्दछन् !

यस्तै सानो सोच, ठुलो बोलि
भएका घन्टाउकेहरु द्वारा
गाउँकी एउटी अबोध बालिका
गर्भवती बनाइन्छे,हरेक रात लुटीन्छे
केहि नलागे आफ्नो इज्जत छोप्न
उ सिलिङ्मा झुण्डीन्छे, छतबाट हाम फल्छे !
तर यो घटना फैलिदैन !
न्युज च्यानल चुप हुन्छन्
एफएम मौन रहन्छन्
पत्रिकाहरु एक अक्षर छाप्दैनन्
किनकि त्यहाँ,
एउटी दासी मरेकी हुन्छे
गरिब बालिका मरेकी हुन्छे
र यो सब आत्महत्या मात्र कहलिन्छ !
उफ्! के उसको बच्ने अधिकार छैन ?
किन बुझ्दैनन् कोहिँ आखिर
त्यहाँ ,
मानवता पनि त मरेको हुन्छ
देशको सुनौलो भविष्य पनि मरेको हुन्छ !!

अब ढिला हुन लागिसक्यो साथीहरु !
उठौँ एउटा अठोट बोकेर !
खोक्रा नाराले पात मात्र हल्लिन्छन्
हामीले त जरानै उखेल्नु छ
अनि बाल अधिकारको बिज रोप्नु छ
बालबालिकालाई सम्मान गर्ने
समाजको नक्सा पनि त कोर्नु छ
त्यसैले,
जरैबाट बाल शोषण उखेल्न
काधमा कोदालो र खन्ती लिएर उठौँ
शिक्षा र सचेतनाको एउटा
कोमल सुन्दर विरुवा लिएर उठौँ
पटक्कै हुदैन मात्र भाषण र झुठा नाराले
परिश्रमी, दृढ, अथक हातहरु लिएर उठौँ !!

©विक्लान्त

“बादल माथिको बाघ”

 

 

tiger

थियो ठुलो राम्रो

कालो थोरै नराम्रो

बादल माथिको बाघ

हास्दो एउटा चिराग !!

 

बाल आकृतिको चिनो

स्वरूप क्षणीक झिनो

गर्जियो मधुर भयो

छाँया सुन्दर रह्यो !!

 

निलो कालो बन्यो

कालो पानी बन्यो

बाघ हावा भयो

मिथ्या पर गयो !!

 

हेरी चक्षु रमाए

हृदय सुख समाए

हास्यो बाघ मुसुक्क

बादल माथि सुटुक्क !!  

 

© विक्लान्त

 

चैतको हुरी

खै कहाँ बाट आउछ

यो चैतको हुरी

एकाएक दगुरी दगुरी

यो मुर्दाहरुको देशमा

जहाँ विकासले आफूलाई

अनि समृद्दीले आफूलाई

कतै चितामा सुताएको हुन्छ

कतै पातालमा लुकाएको हुन्छ

एउटा उदाहरण बन्न !!

 

यसको बेगलाई छामी

आग्रगामी हुन सम्भव छैन

जब देशमा केवल मुर्दा छन्

यसको गन्धलाई भोगी

सत्यवादी हुन सम्भव छैन

जब यहाँ जीवितहरु

कि त मुर्दाको सिको गर्छन

कि त मुर्दामा जीवन भर्छन

त्यसैले यस निराकार बेगले

अनि असिमित शक्तिले

र युगको अघोरी तेजले

केवल यहाँ लोप्पा खान्छ

मात्र सत्य खेर जान्छ

तै पनि किन हो कुन्नि

चैतको हुरी जोसिदै आउछ

यि मुर्दाहरुको लोकमा

जहाँ

विकास सपना मात्र हो

क्रियासिलता कल्पना हो

अनि प्रगति र द्रुतता

केवल केवल एक छाँया हो

मात्र उदाहरण बन्न !!

 

एक दिन त्यस्तो आउने छ

जब हुरी पनि हार्नेछ

मुर्दाको शहर संगको लडाई

र बन्नेछ केवल मुर्दाहरुको

दुर्गन्ध बोक्ने साधन

अनि अस्वस्थ चैतन्यको

निराकार बेकार बाधक

कुनै जीवितहरुको लोकमा

जहाँ

कर्मठहरु हुरीलाई

अनि त्यसले बोकेको गन्धलाई

त्यसमा आएको स्थिरतालाई

देखाएर भन्ने छन् की

यो मुर्दाको बस्ति बाट आ’को हो

यो पतन र असफल भा’को हो

अनि मृतको लोकमै पुगेर

यो वायुको बेग अनि जोस

मुर्दै भएर यहाँ आ’को हो

एउटा उदाहरण बन्न !!!

 

-विक्लान्त रचेको

मिति: मार्च ७,२०१४ / २०७०,फाल्गुन २४ गते

ए हिम देशका वायु

(अनुष्टुप छन्द)

 

Image

 

 

 

 

 

ए हिम देशका वायु,म भित्र आउ खेलन

डाफे झै रंगिला रोटी,हिँउकै आज बेलन ।।

 

तिम्रै सितल बेगैले, नेपाली मार्ग कोरन

पिडा लौ देशका आज,विर भएर फोरन।।

 

आउ तिमी युगै बोकी,आँखा खोलेर जाउ न

आउ यो देशमा आउ,कर्म दिएर जाउ न।।

 

तिम्रै कर्मठ हातैले,यो देश माथि लानु छ

पौरखी हात थामेर, चन्द्रमा माथि जानु छ।।

 

ए हिम देशका वायु,त्यसैले आउ खेलन
डाफे झै रंगिला रोटी,हिँउकै आज बेलन ।।

 

–विक्लान्त

फेब्रुअरी ३, २०१४

RIGHT/ WRONG?

Image

Her hair was gray, a reflection of her senility. I could not exactly make out her age but I, from her demeanor, could predict that she was in her eighties.

She was wearing a blue sari and a greenish blouse with little, light yellow, flowers printed on it. One could easily make out that she was a widow from her clothes only. She was holding a cane in a hand and a vague emptiness in the next.

I thought she was getting closer to the termination of her widowhood. But wait! I was wrong. She was not going to die that soon! Who was I to predict her salvation? Immediately I realized that every human are keen at peeping at other’s life. Humans disregard their own value and find it pleasant to attach themselves to the reckless life of others without any contemplation. Well! Am I not one of them? Well! Let us keep this aside. Otherwise, the philosophy will smother and strangle her importance.

The emptiness in her hand was not the reflection of her bewildered heart. It was just an atomic representation of the objective emptiness encircling her life from the every corner of her thought.

Her gait, If I had to explain, I would say that it was the mixture of waddling and high stepping. A thought came in my mind. Is she pregnant? No! She is too old for that. Why was I being such a fool when I knew that not every waddling gait implies pregnancy? Then why was she walking like that? However, why was I concerned? Is it my job to worry for every human walking in the street?

 While I was still analyzing her physique, I suddenly realized that she was coming towards me. I tried not looking at her.

“Will you sleep with me?”

This was the first sentence she spoke.

What was that? How could that be true? I thought I was daydreaming and this dream was a bad one. Alas! That was not a dream. Then what was that? Was she insane? If she was an insane then why did she chose me to explode out her insanity? I was taught that when you centrifuge a mixture it segregates according to the density of the different components in it. Did she know this? Did she try to connect with me for the sake of being with someone of her own kind? Did she mean that I was also an insane? If yes then what might be her definition of  insanity?

I said, “What?”

She replied cynically, “Are you deaf?”

I did not reply. She gave me a vacant look.

Looking at her, I asked, “why me?”

She said, “I can read your mind.”

“What?”

She replied impulsively, “I know what you want.”

I did not know what to say.

She grabbed my arm as if it belonged to her.

After five minutes, I was in her room. You would not believe but she was already stripping. I was surprised. Her physical age did not match with her chronological age. Her body seemed tight and I could not find any laxity even after searching for it. However, how was that possible? Was she really old or was wearing some kind of mask for hiding her identity? No, that was not possible! However, how was it possible for her to have such a young body and an old face?

Those ten minutes that I spent with her were awesome. I did not even realize that I was sleeping with an old woman. I was actually feeling as if I was transcending to the heaven. She was smiling beautifully. For a moment, I thought of marrying her.

While I was dressing, she told me-“you are strong! I nearly got crushed.”

I replied-“It was fun.”

She asked me, “Why didn’t you deny?”

I replied, “I felt that you were of my kind.”

She kissed me. I felt her cold lips on my forehead. I felt good.

I returned home with a charm in my face and satisfaction in my mind.

When I reached home, my wife was waiting for me and my baby boy was already asleep.

My wife said with her soft voice, “I love you.”

I did not say a word. However, I could feel a wave of happiness flowing through me.

That whole night I kept thinking if I was right.

-Biklant

Date: 10/15/2013

“नाँगा बाबा”

Image 

होइन मात्र उ लौ

शिवको सत्य पुजारी

उ त हो कलीको लौ

प्रकृती प्रेमी लहरी

जो बोक्दछ आफूमा मात्र

प्रतिमा सकल सिँगारी

लौ यो लोकको पात्र

बम बम भोले पुकारी ।।

 

उसको जटामा लुक्दछन्

कयौ विद्रोही सेना

जो कृतिमताका लाठेहरुमा

प्राकृतिक प्रतिकार गर्न चाहान्छन्

जो कलीका शस्त्रहरुमा

सत्यका भाटा बजार्न चाहान्छन्

र यि डरपोकहरुका माझमा

प्रकृती प्रेमी लहरी सिँगार्न चाहान्छन्

जून सृङ्गारले सत्य खोल्नेछ

कलीका कृतिम फुस्साहरुलाई

मन भरी च्वास्स पोल्नेछ ।।

 

उ प्रकृतीबादी हो

जो आफूमा मात्र प्रकृती पाँउछ

हेर उसका निधार भरिमा

हेर उसका शिरिर भरिमा

उ मात्र प्रकृती लाउछ

चन्दन जो आभा छ उसको

प्रकृती कान्लामा बढाउछ

खरानी जो कवच छ उसको

प्रकृती रागमा बनाउछ

अनि पो त

उसको सरल सरलताले

उसको विवेकी महानताले

उसको सत्यप्रेमी गहनताले

कलीका कृतिम फुस्साहरुलाई

घोप्टे मुन्टे बनाउछ

लज्जित लज्जित बनाउछ

सत्यका समिपमा गजवले

कलीलाई निहुराउछ ।।

 

उ तिरस्कार गर्दछ

यि बोल्नेहरुको लोकमा

यि कहनेहरुको लोकमा

आफ्नो अस्तित्वको सिधा

किनकी

उसको निहीत हृदयमा

सत्यको बिज रोपाँइले

प्रकृतीको कोमल बाजाले

यस बोक्रे समाजलाई

यस फोस्रे रवाफलाई

गरेको हुन्छ केवल बिदा ।।।

 

 

त्यसै कारण सायद

उसको पूर्ण नग्नतामा

अस्लिलताको दाग हुदैन

उसको भित्रि ब्यग्रतामा

कलीको रिस राग हुदैन

उसको निहीत कल्पनामा

आशको झिनो भाग हुदैन

उसको “हरहर माहादेव”मा

स्वार्थको कुनै हाक हुदैन

उसको “जय भोले बाबा”मा

मोहको कुनै वाक हुदैन ।।।

 

त्यसैले,

त्यसैले,

होइन मात्र उ लौ

शिवको सत्य पुजारी

उ त हो कलीको लौ

प्रकृती प्रेमी लहरी

जो बोक्दछ आफूमा मात्र

प्रतिमा सकल सिँगारी

लौ यो लोकको पात्र

बम बम भोले पुकारी ।।

 

–विक्लान्त

रचेको मितिः २०१४/२/२६

          २०७०/११/१४

प्रसङ्गः शिवरात्री,२०७० को अघिल्लो दिन ।

‘यस्तो क्षणमा कवि कसरी मर्न सक्छ ?’

 

 

धनको पोकोमा लुकेर

महानताको राको बाल्नेहरु

समृद्दीको सान बोकेर

मानव सेवाको गान हाल्नेहरु

एक–दुइ पटक पोको फोडेर हेर

दुइ–चार पटक सान फालेर हेर

अनि आफ्ना मिथ्या सोचलार्इ

वेसरम थुन्ने तिम्रा नाकलार्इ

छिःछि दुरदुर गर्ने थुतुनालार्इ

गिद्दे नजर हेर्ने ति आँखालार्इ

अझ त्यो भन्दा खराब

तिमिहरुका संकुचित सोचहरुलार्इ

पर्दा जसरी सारेर एक पटक हेर

तिमिहरुले फुक्ने मानवता

कस्तो छ भनेर

तिमिहरुले लाउने समानताको नारा

कस्तो छ भनेर ।।

 

 

यो कवि हास्दछ !

तिमिहरुको जालमा फसान

पोका बाहिरकाको देखेर

तिमिहरुको पासोमा हारत्व

समृद्दी बाहिरकाको देखेर

तर पनि दया कुनाबाट झुल्किन्छ

बिहानीको सुनौलो आकाश बनेर

अनि अस्थिर कलमको चाल बनेर

किनकी,

यो कवि बुझ्छ

गरिबको गरिबिमा हास्नु नामर्दी हो

आफै आफैमा लड्नु मात्र बर्वादी हो ।।

 

 

म सोच्छु कहिले काँही

के यही हो त मानवताको परिभाषा ?

के यही हो त समानताको कल्पभाषा ?

के यही हो त समृद्दी प्रतिको हाम्रो आशा ?

के यही हो त जगत विजयी नेपालीको गाथा ?

तर,

मेरा साना आँखामा यि विशाल सोच

कसिङ्गर भएर बिज्दछन्

हरेक दिन बिज्दछन्

अनि तिनै समानता खोजिमा

मेरा बिजाएका आँखा

आँसु आँसु भइ

रातिन्छन्

बाफिन्छन्

च्यातिन्छन्

पोखिन्छन् ।।

 

 

यि दृश्य बदल्न कवि के गर्न सक्छ र ?

के हेरी यस्तो कवि मर्न नै सक्छ र ?

नत्र के गरुस् त कवि यो घडीमा ?

कि झुन्डियोस् त कवि त्यो छिँडीमा ?

 

झुन्डेर हुनेभा कवि झुन्डिन्थ्यो होला

रोएर हुनेभा कवि वइरिन्थ्यो होला

तर,

आज मान्छेमा संवेदना छैन

आफै आफैमा चेतना छैन

एक अर्कामा सम्मान छैन

त्यसैले अब यहाँ

कवि जे गर्न सक्छ,

त्यो उ लेखेर मात्रै गर्न सक्छ

संघर्षमा बाचेर मात्रै गर्न सक्छ

आँखा चिम्लिदै ठूला आँखाले

उ विचार समाती कलममा

मसी भरेर, पानामा तिनै छरेर मात्रै

यस देशको भविष्य कोर्न सक्छ ।।

यस्तो क्षणमा कवि कसरी मर्न सक्छ?

 

 

–विक्लान्त

नोभेम्बर ८, २०१३

कार्तिक, २०७०